पोखरा महानगरको बजेट: ७ अर्ब १५ करोड (पूर्णपाठसहित)
पाेखरा | असार १०, २०८०
पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छछ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।
स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख छ । चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने मौज्दातबाट अपुग रकम व्यहोरिने उपप्रमुख गुरुङले बताइन् ।
पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० का लागि ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो । असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च भएको छ । महानगरले चालुआर्थिक वर्षको भन्दा १ अर्ब ८४ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो ।
पूर्णपाठ
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

